Logo

क्यालेन्डर नै बनाएर पूँजीगत खर्च गर्न आवश्यक छ : चेम्बर उपाध्यक्ष पाण्डे

क्यालेन्डर नै बनाएर पूँजीगत खर्च गर्न आवश्यक छ : चेम्बर उपाध्यक्ष पाण्डे



काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष पाण्डेले आगामी आर्थिक वर्षको बजेट समग्रमा सन्तुलित भएको बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी (इम्सन) ले आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा छलफलका लागि आयोजित कार्यक्रममा उनले बजेट सन्तुलित भए पनि कार्यान्वयन भने चुनौतीपूर्ण हुने बताए ।

‘बजेटले लिएको राजस्व संकलन लक्ष्य पूरा गर्न चुनौती हुने देखिएको छ, वैदेशिक ऋण र अनुदान पनि चुनौतीपूर्ण छ’, उनले भने । उनले चालु आर्थिक वर्षमा पूँजीगत खर्च कमजोर भएको उल्लेख गर्दै क्यालेन्डर नै बनाएर पूँजीगत खर्च गर्न आवश्यक भएको बताए ।

उनले बजेटले विभिन्न क्षेत्रमा दिएका छुट तथा सहुलियतपूर्ण कर्जा स्वागतयोग्य भएको उल्लेख गरे । साथै सूचना प्रविधिका क्षेत्रमा सरकारले बजेटमार्फत लिएका नीति पनि निकै सकारात्मक भएको उनको भनाइ छ ।

‘बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, त्यसलाई पूरा गर्नका लागि सोहीअनुसारको मौद्रिक नीति जरुरी हुन्छ, त्यसतर्फ पनि सरकारले ध्यान दिनुपर्छ’, उनले भने । साथै रुग्ण उद्योगका समस्या समाधान पनि सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्