काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो। सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार उक्त समितिमा पूर्व गभर्नरहरूमध्ये एक जना तथा आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन…