Logo

प्रतितोला २९ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि बढोत्तरी

प्रतितोला २९ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि बढोत्तरी



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढ्दै २ हजार ४५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्