काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीम मंगलबार सलाम एयरमार्फत ओमान प्रस्थान गरेको छ । अन्तरराष्ट्रिय क्रिकेट संघ (आइसीसी) को आयोजनामा ओमानमा शुरू हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टीम ओमान प्रस्थान गरेको हो । १७ खेलाडी तथा ५ खेल पदाधिकारीहरूसहित कूल २२ जनाको टीमलाई सलाम एयरको नेपालस्थित जीएसए आइएमई ट्राभलका संचालक एवम् आइएमई…