Logo

काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, राति ८ बजेपछि सवारी सञ्चालनमा लगाइएको रोक हट्यो (सूचनासहित)

काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, राति ८ बजेपछि सवारी सञ्चालनमा लगाइएको रोक हट्यो (सूचनासहित)



काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले राति ८ बजेदेखि सवारी साधान सञ्चालनमा लगाइएको रोक हटाएका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले बुधबारदेखि लागू हुनेगरी राति ८ बजेपछि अत्यावश्यक र अनुमति लिए बाहेकका सवारी साधन चलाउन नपाउने यसअघिको प्रावधानलाई हटाएका हुन् ।

उपत्यकामा यसअघि निषेध गरिएका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार रेस्टुरेन्ट लगायत भीडभाड हुने गतिविधिलाई भने आगामी भदौ १६ सम्म यथावत राखिएको छ ।

सूचना

प्रतिक्रिया दिनुहोस्
MBL