Logo

मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन, न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ

मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन, न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ



काठमाडौं । मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १४ गतेदेखि १२ हजार ५८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

laxmi

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरीद गर्दा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन गर्नु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको छ ।

आवेदन बुझाउन स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै, कम्पनीले भदौ ९ गते बिहान १० बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितीमा बोलपत्र खोलिने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL