काठमाडौं । होटल संघ नेपालले मौद्रिक नीतिको समीक्षा मार्फत समस्याग्रस्त होटल क्षेत्रलाई कर्जा व्यवस्थापनमा राहत दिने हेतुले २०८० असार मसान्तसम्म पुनरसंरचना र पुनरतालिकीकरण गर्न पाउने घोषित नीतिको लागि नेपाल राष्ट्र बैंकलाई धन्यवाद ज्ञापन गरेको छ । संघको काठमाडौंमा सम्पन्न कार्यकारिणी परिषद् बैठकले मौद्रिक नीतिको समीक्षामा गरिएका प्रावधानहरु स्पष्ट र सरल ढंगमा छिटोभन्दा छिटो लागू गर्न…