Logo

प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, साढे दुई बजे बैठक बस्दै

प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, साढे दुई बजे बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दलको बैठक बोलाएका छन् । बैठक सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दिउँसो साढे २ बजे बस्ने छ ।

laxmi

सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

सत्ता साझेदार दलमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् । सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम र जेठ १५ गते बजेट ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL