Logo

Global_Ime

बेलाको ब्राण्डको इलेक्ट्रोनिक्स सामान नेपाली बजारमा, खरीदमा विभिन्न उपहार पाइने

बेलाको ब्राण्डको इलेक्ट्रोनिक्स सामान नेपाली बजारमा, खरीदमा विभिन्न उपहार पाइने



काठमाडौं । बेलायती ब्राण्ड बेलाको होम एप्लाईन्सेसको उत्पादन नेपाली बजारमा आएको छ । आईकेबिएच ग्रुप प्रालीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डको होम एप्लाईसेन्स नेपाली बजारमा भित्रिएको जनाएको छ ।

laxmi bank orange saving
NABIL

बेलाको ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो । यो ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत, कतार र नेपालमा उपलब्ध हुँदै आइरहेको छ । कम्पनीले आगामी दिनमा अन्य मुलुकमा पनि विस्तार गर्ने लक्ष्य राखेको छ ।

बेलाको ब्राण्डले आफ्नो गुणस्तरमा कुनैपनि सम्झौता नगर्ने जनाएको छ । कम्पनीले आफ्ना उत्पादन ग्राहकको प्रमुख रोजाई बन्दै गइरहेको दावी गरेको छ । बेलाको उपभोक्ता र व्यवसायिक दुवै क्षेत्रमा आफनो सशक्त उपस्थिति बनाउन केन्द्रित हुँदै आइरहेको छ ।

आईकेबिएच ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स डिभिजन अन्तर्गत बेलाको होम एप्लाईसेन्सको उत्पादन रहेका विभिन्न उपकरणहरु शुभारम्भ गरेको हो । आईकेबिएच ग्रुप प्रालीका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक अब्दुल बसिदले आइतबार एक कार्यक्रमबीच बेलाकाको ब्राण्डको इलेक्ट्रिोनिक्स सामान र उपकरणको शुभारम्भ गरे ।

उनले बेलाको होम एप्लाईसेन्स बेलायती चर्चित ब्राण्डको इलेक्ट्रोनिक्स सामान नेपाली उपभोक्ताले प्रयोग गर्न पाउनु सुखद रहेको बताए । प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक बसिदले लक्ष्य निर्धारण गरेर अघि बढेमात्रै लक्ष्यहासिल गर्न सकिने बताए । ‘‘हामीले जुनसुकै काम गर्न पनि पहिला लक्ष्य हासिल गर्नुपर्ने हुन्छ,’’ उनले भने, ‘‘मेहनत गरेर मात्रै उपलब्धी चुम्न सकिन्छ ।’’

प्रमुख कार्यकारी निर्देशक बसिदले हजारौ नेपाली जनता वैदेशिक रोजगारीका लागि विदेश गरहेको परिपेक्षमा आफनै स्वदेशका लागि केही गर्नका लागि भन्दै बेलाको ब्राण्डको नेपालमा विस्तार गर्न लागेको बताए ।

‘‘नेपाल अहिले आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको छ तर,यही बेला हामीले बेलायतको चर्चित बेलाको ब्राण्डको नेपालमा भित्राएका छौं,’’ उनले भने, ‘‘हामीले नेपालमा व्यवसाय सुरु गर्न लागेका छौं । यसबाट पक्कै पनि केही मात्रामा भएपनि रोजगारीको अवसर सिर्जना गर्नुको साथै नेपालको अर्थतन्त्रमा पनि केही हदसम्म टेवा पुर्याउने आशा गरेका छौं ।’’

प्रमुख कार्यकारी अधिकृत बसिदले आफनो उत्पादनलाई नेपाली जनताले रुचाएर माया गरिदिन अनुरोध गरेका छन् । साथै कम्पनीले नेपाली नयाँ वर्षलाई लक्षितगरी बिभिन्न उपहार योजनाहरु पनि ल्याएको छ । जसअन्र्तगत वेलाको एउटा उत्पादन (विग होमअप्लाईन्सेस) किन्दा अर्को सित्तैमा पाईने छ र यो योजना २०८० जेष्ठ मसान्तसम्म रहने छ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc