काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमण निस्कनु अगाडि निष्क्रिय बनेको नागिकता विधेयकलाई प्रमाणिकरण गर्नुपर्ने सरकारको बाध्यता के आइलाग्यो भन्दै प्रश्न गरेका हुन् । महासचिव पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अघि सारेको गम्भीर प्रश्नहरुको उत्तर दिने…