Logo

सिटिजन्स बैंकको नयाँ शाखा काँडाघारीमा, काठमाडौंमै ३६ शाखा पुगे

सिटिजन्स बैंकको नयाँ शाखा काँडाघारीमा, काठमाडौंमै ३६ शाखा पुगे



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको काँडाघारीमा आफ्नो १ सय ८३ औं शाखा संचालनमा ल्याएको हो ।

laxmi

बुधबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ कारोवारको सुरुवात गरिएको छ । यस संगै काठमाडौं उपत्यका भित्र सिटिजन्स बैंकको ३६ शाखा संचालनमा आएका छन् ।

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

साथै आधुनिक बैंकिंङ प्रणालिलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले यस अघि नै कियोस्क, ईकेवाईसी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL