काठमाडौं । एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा देशकै सबैभन्दा उच्च स्थानमा रहेको पहिलो सीसीएस–दुई चार्जिङ स्टेशन स्थापना गरेको छ। उक्त चार्जिङ स्टेशनको स्थापना दुर्गम तथा चुनौतीपूर्ण भौगोलिक स्थानमा ईभी पूर्वाधार विस्तारतर्फको महत्त्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ। यसले पर्यावरणमैत्री यातायात प्रणालीलाई देशव्यापी रूपमा प्रवर्द्धन गर्नुका साथै जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा दिगो पर्यटनलाई समेत टेवा पुर्याउने…