काठमाडौँ । नेपालमा अहिले भारतको ओडिसा र आसपासको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज (शनिबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ…