Logo

सरकारी खाताको अर्धवार्षिक समीक्षा : लक्ष्यभन्दा आम्दानी ६५ प्रतिशत र खर्च ६८ प्रतिशतले कम, विकास खर्च न्यून

सरकारी खाताको अर्धवार्षिक समीक्षा : लक्ष्यभन्दा आम्दानी ६५ प्रतिशत र खर्च ६८ प्रतिशतले कम, विकास खर्च न्यून



काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिना अर्थात आधा बर्ष सकिँदा सरकार आम्दानी र खर्च लक्षयअनुरुप गर्न असफल बनेको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक बर्षको लक्ष्यमा पुग्न आगामी ६ महिनासम्म सरकारले खर्च थप ६८ प्रतिशत र आम्दानी ६५ प्रतिशत गर्नुपर्ने भएको छ ।

laxmi

महालेखा नियन्त्रकको तथ्यांकलाई आधार मान्दा हालसम्म सरकारले बजेटमार्फत तोकेको लक्ष्यको आधामार खर्च जम्मा ३२ प्रतिशत र आम्दानी जम्मा ३५ प्रतिशतमात्रै छ ।सरकारले चालु आर्थिक बर्षका लागि भन्दै कुल १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजस्व आम्दानी गर्ने लक्ष्य राखेको थियो । चालु आवको आधा बर्ष सकिँदा सरकारले यो लक्ष्यको ३५ प्रतिशत अर्थात ५ खर्ब १८ अर्ब रुपैयाँ मात्रै आम्दानी गर्न सेकेको छ । यस्तै सरकारले तोकेको खर्चको लक्ष्य १७ खर्ब ५१ अर्ब ३१ करोडमध्ये हालसम्म जम्मा ५ खर्ब ६६ अर्ब रुपैयाँ मात्रै हुन सकेको छ ।

सरकारी खाता ४८ अर्बले घाटामा

एकातिर लक्ष्य अनुसारको आम्दानी हुन नसकिरहेका बेलामा सरकारले लक्ष्यअनुसार पुँजीगत खर्च पनि गर्न सकेको छैन । तर, चालु खर्चको शीर्षकमा हुने सम्पूर्ण खर्च बढिरहँदा चालु आवको पहिलो ६ महिनामा सरकारी खाता ४८ अर्ब बढीले घाटामा छ ।

अर्थात कुल आम्दानीको तुलनामा सरकारले पछिल्लो ५ महिनामा ४८ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ बढी खर्च गरेको छ । खासगरी सरकारको प्रशासनिक खर्च, तलवभत्तालगायतका खर्चहरु चालु खर्च शीर्षकमा हुन्छन् । पछिल्लो ६ महिनामा सरकारले यो शीर्षकमा ४ खर्ब ३७ अर्ब रुपैयाँ खर्च गरेको छ । यो चालु आवको लक्ष्यको ३८ प्रतिशत हो ।

यस्तै विकास खर्च मानिने पुँजीगत खर्च भने यो अवधिसम्म आइपुग्दा लक्ष्यको जम्मा १६ प्रतिशत मात्रै हुन सकेको कार्यालको तथ्यांकमा देखिन्छ । तथ्यांक अनुसार चालु आवमा सरकारले ३ खर्ब २ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएपनि आधा बर्ष वित्दा जम्मा ४९ अर्ब २३ करोड रुपैयाँ मात्रै खर्च भएको छ । सरकारले चालु आवमा पुँजीगग खर्च बढाउने, चालु खर्चमा लगाम लगाउनेलगायतका नारामा रटान लगाएपनि त्यसको प्रभाव आधा बर्ष बित्दासम्म देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL