Logo

‘आन्ट्रप्रिनर बुट क्याम्प’ सञ्चाल गरिदै, युवालाई उद्यमी बन्न प्रेरित गरिने

‘आन्ट्रप्रिनर बुट क्याम्प’ सञ्चाल गरिदै, युवालाई उद्यमी बन्न प्रेरित गरिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

३० पुस, काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले अमेरिकी राजदुतावासको सहकार्यमा ‘आन्ट्रप्रिनर बुट क्याम्प’ सञ्चालन गर्न लागेको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो ।

क्याम्प आगामी फागुन १४ गतेदेखि सञ्चालन गरिने बताइएको छ । काठमाडौंको पार्क भिलेज रिसोर्टमा हुने सो क्याम्प ३ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा मञ्च प्रेस संयोजक सुदर्शन बस्नेतले युवाहरुलाई उद्यमशीलताको विकास गराउन क्याम्प सञ्चालन गर्न लागिएको जानकारी दिए । बुट क्याम्पमा छनोट भएका युवालाई उद्यमशीलताको लागि सहयोग गर्ने उनले बताए । सो अवसरमा मञ्चका अध्यक्ष निरञ्जन श्रेष्ठले उद्यमशीलताको विकासका नेपालमै पहिलो पटक कार्यक्रम आयोजना गरिएको बताए । साथै कार्यक्रम वार्षिक दुईवटा गरिने उनले जानकारी दिए ।

अमेरिकी दूतावासका प्रतिनिधि टड युंगेनबर्गले नयाँ सोच भएका युवालाई उद्यमशीलतामा ल्याउने कार्यक्रमले उत्साहित बनाएको बताए । ‘अनलेस योर आइडीआज’ नाराका साथ गरिने क्याम्पमा देशैभरीबाट खुला प्रतिस्पर्धामार्फत ३२ जना युवाको छनोट गरी उनीहरुको व्यावसायिक सोचलाई मुर्त रुप दिन विभिन्न विषयमा तालिम दिइने छ । सहभागीहरुलाई व्यवसाय सुरु गर्ने,व्यावसायिक योजना बनाउने जस्ता विषयमा देशका सफल उद्यमी व्यवसायीबाट प्रशिक्षण दिने तथा पूर्ण व्यावसायिक योजना बनाउन लगाउने बताइएको छ ।

क्याम्पमा तयार पारिएको व्यावसायिक योजनालाई स्वतन्त्र निर्णायक मण्डलमा प्रस्तुत गरी उत्कृष्ट योजना बनाउने एकजना सहभागीलाई नेपाली युवा उद्यमी मञ्चले बनाउन लागेको इन्क्युवेशन सेन्टर र एक्सिलेटर प्रोग्राममा सहभागी गराइने छ । यस कार्यक्रमले ३२ जना यूवालाई उद्यमी बन्न पे्ररित गर्ने र उद्यम सुरु गर्न सहयोग पु¥याउने विश्वास मञ्चको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL