Logo

गुराँस लाइफको ‘कति गुड्ने अव पालो उड्ने’ योजना, ५० जना भारत उडे

गुराँस लाइफको ‘कति गुड्ने अव पालो उड्ने’ योजना, ५० जना भारत उडे


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३० पुस, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले ‘कति गुड्ने अव पालो उड्ने’ योजना ल्याएको छ । कम्पनीले आफना अभिकर्ताहरुलाई उत्प्रेरणा जगाउने उद्देश्य अनुरुप देश विदेशमा भ्रमण गराउने कार्यक्रम अन्तर्गत उक्त योजना ल्याएको हो ।

कम्पनीले यस पटक अभिकर्तालाई भारतको मुम्वई शहर भ्रमण गराइने छ । उक्त भ्रमणमा ५० जना सक्रिय अभिकर्ताहरुको सहभागिता रहेको छ ।

अभिकताहरुलाई कम्पनीको प्रधान कार्यालयमा एक समारोहकाबीच संचालक ज्योतिकुमार बेगानीले शुभकामना सहित बिदाइ गरेका थिए । ‘भ्रमण योजनाले अभिकर्ताहरुमा थप जोश, जाँगर र उत्प्रेरणा जागृत भई कम्पनीको व्यापार विस्तारमा अझै सहयोग पुग्ने छ,’ उनले भने । अभिकर्ताहरु नै कम्पनीका आधारशिला रहेका र अभिकर्ताको वृत्ति विकास र क्षमता अभिबृद्धिमा पहल गर्नेुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL