Logo

आइतवारदेखी लोडसेडिङ बढ्दै , हप्तामा ७५ घन्टा बत्ती जाने

आइतवारदेखी लोडसेडिङ बढ्दै , हप्तामा ७५ घन्टा बत्ती जाने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३० पुस, काठमाडौं । लोडसेडिङको समय सातामा ५ घन्टा बढ्ने भएको छ । माघ ४ गतेदेखि सातामा ६ दिन ११ घन्टा र एक दिन ९ घन्टा लोडसेडिङ हुने  नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

 चिसोका कारण विजुलीको माग बढेको तथा मध्य मस्र्याङदी जलविद्युत केन्द्र बन्द गर्नुपर्ने भएकोले लोडसेडिङ बढ्ने प्राधिकरणले बताएको छ ।

मध्य मस्र्याङदी जलविद्युत केन्द्र मर्मत गर्नुपर्ने भएकोले पूर्ण रुपमा बन्द गर्न लागिएको हो । हाल सातामा ७० घन्टा लोडसेडिङ हुँदै आएकोमा अव ७५ घन्टा पुग्ने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL