Logo

नेप्सेमा तत्काल साझेदार ल्याउन गर्भनरको आग्रह, कारोवारमा विविधिकरण गर्नुपर्ने अर्थमन्त्रीको भनाइ

नेप्सेमा तत्काल साझेदार ल्याउन गर्भनरको आग्रह, कारोवारमा विविधिकरण गर्नुपर्ने अर्थमन्त्रीको भनाइ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३० पुस । नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले नेपाल स्टक एक्सचेञ्जमा तत्काल रणनीतिक साझेदार ल्याउनु पर्ने बताए । हाल नेप्सेले सोचेजस्तो प्रगति गर्न नसकेको भन्दै उनले रणनीति साझेदार ल्याउन आग्रह गरेका हुन । ‘राष्ट्र बैंक नेप्सेमा रहेको सम्पूर्ण सेयर बेच्न तयार छ,’ नेप्सेको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘त्यसको लागि तत्काल साझेदार ल्याउनुहोस ।’ हाल नेप्सेमा राष्ट्र बैंकको करिब २६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

देशमा माइक्रोेइकोनोमीलाई स्थिरता दिन राष्ट्र बैंकले नीतिगत परिवर्तन गर्नु पर्ने भएकोले पूँजी बजारमा तरलता कम वा बढि हुँदा त्यसमा कुनै व्यवस्था गर्न नसकिने बताए ।

अर्थमन्त्री डा. रामरशण महतले भने नेप्समा वास्तविक क्षेत्रका कम्पनीहरुको सहभागिता कम रहेको भन्दै यसलाई बढाउनु पर्ने बताए । हाल त्यस्ता क्षेत्रका कम्पनीले सेयर नै जारी नगरेको बताउँदै दोस्रो बजारमा उनीहरुको सहभागिता कम रहेको जानकारी दिए ।

अर्थमन्त्री डा. महतले बजारमा सेयर पूँजीको पनि एकै खालको उपकरणबाट मात्र कारोबार भइरहेकोले बजारमा लगानीको विविधिकरण कम हुन गएको बताए । जोखिमका आधारमा सेयर पूँजीको कारोबारमा पनि विविधिकरण गरिनुपर्ने उनको भनाइ थियो । ‘सेयर बजारमा हुने अकास्मात घटबढले बजार अझै ¥यासनल नभइरहेको अवस्थामा छ,’ उनले भने, ‘के भएर सेयर बजारमा दिनदिनै घटवढ भइरहेको छ त्यो मलाई पनि थाहा भएन ।’

बजार निर्माताको रुपमा तोकिएका संस्थाले काम गर्नुपर्ने र कर्मचारी सञ्चय कोष जस्ता निकायलाई पनि यस्तो जिम्मेवारी दिनु पर्ने उनको भनाइ थियो ।

नेपाल इन्भेष्टर्स फोरमका सल्लाहकार डा.आत्मराम घिमिरेले पनि आफुहरु नेप्सेको निजीकरणको लागि लगानी गर्न तयार रहेको बताए । हाल ३० करोड रुपैयाँ लगानी गर्न तयार रहेको समेत उनले जानकारी दिए ।

नेप्सेले १ वर्षमा २२ करोड नाफा कमाएको छ । पछिल्लो समय नेप्सेको कारोवारमा पनि बृद्धि हुँदै गएको छ । अघिल्लो आव २ सय ३० कम्पनी सूचीकरणमा रहेकोमा गत आवमा २१ कम्पनी थपएिको थियो । १९ कम्पनी मर्ज भएकोले हाल २ सय २५ कम्पनी सूचीकरणमा रहेको नेप्सेले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL