काठमाडौं । ब्रिटेन युरोपियन युनियन (ईयु)बाट वाहिरिने निर्णयसँगै सुनको मुल्य बढेको छ । जसले गर्दा स्थानीय बजारमा सुनको मुल्य एकैपटक प्रतितोला ३ हजार रुपैयाँले बढ्न गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘ब्रिटेन ईयुबाट वाहिरिने निर्णयसँगै विश्वभर लगानीको वातावरण बिग्रन गएको छ,’ उनले भने, ‘जसले गर्दा सुनमा लगानीकर्ता आकर्षित भएका हुन् ।’…