Logo

लगानी बोर्डको सिईओमा महाप्रसाद अधिकारी नियुक्त

लगानी बोर्डको सिईओमा महाप्रसाद अधिकारी नियुक्त


बिजखबर संवाददाता
0
Shares

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद आधिकारीलाई नियुक्ती गरेको छ । मन्त्रीपरिषद्को बिहीवारको वैठकले अधिकारीलाई बोर्डको सिईओमा नियुक्ती गर्ने निर्णय गरेको हो ।

lagani board

बोर्डका तत्कालिन प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको कार्यकाल सकिएपछि सरकारले नयाँ नियुक्तीका लागि सिफारिस समिति गठन गरेको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले बोर्डको सिईओका लागि अधिकारी, तत्कालिन सिईओ राधेश पन्त  र सरोज कोइरालालाई सिफारिस गरेको थियो । सरकारले लगानी बोर्ड ऐनअनुसार २०६८को व्यवस्थाअनुसार प्रतिस्पर्धा गराई प्रमुख कार्यकारी अधिकृतमा अधिकारीलाई नियुक्ती गरेको सूचना तथा सञ्चार मन्त्री एवम सरकारका प्रवक्ता शेरधन राईले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL