Logo

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ । यो अघिल्लो दिन सोमबारको तुलनामा २ सयले कम हो । सोमबार नेपाली बजारमा सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।…