Logo

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट



काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

laxmi

बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंमा अवस्थित एरोगिन हेल्थ केयरका विभिन्न सेवाहरुमा ५% देखि अधिकतम ४५%, इटहरी, सुनसरीमा अवस्थित होटल पाथिभराका सेवाहरुमा १०%, मैतिदेवी काठमाडौंमा अवस्थित बुइँगल ल्वाउन्जका सेवाहरुमा १५%, लाजिम्पाट, काठमाडौंमा अवस्थित एलो हात्तीका सेवाहरुमा अधिकतम १०%, इटहरी ०६, सुनसरीमा अवस्थित बर्गर हाउा सेवाहरुमा अधिकतम १०% र मैतिदेवी, काठमाडौंमा अवस्थित बर्गर हाउसका सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL