Logo

अर्थ समितिमा सेबाेन अध्यक्ष हमालको जवाफ : अहिले ब्रोकरले लगानीकर्ताबाट ८८ % सम्म नाफा खाएका छन्, सहज र सर्बसुलभ सेवा दिन नयाँ आवश्यक

अर्थ समितिमा सेबाेन अध्यक्ष हमालको जवाफ : अहिले ब्रोकरले लगानीकर्ताबाट ८८ % सम्म नाफा खाएका छन्, सहज र सर्बसुलभ सेवा दिन नयाँ आवश्यक



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ ब्रोकर लाईसेन्स दिन नसक्दा लगानीकर्ताहरू आफ्नो हकअधिकारबाट बञ्चित हुनु परेको बताएका छन । संसदको अर्थ समिती बैठकमा बोल्दै अध्यक्ष हमालले पुँजी बजारका लगानीकर्ताहरुले १५ बर्ष देखि माग गरेको खुला ब्रोकर प्रणाली र बैंकका सहायक कम्पनीलाई लाइसेन्स भन्ने माग पूरा नहुँदा उक्त समस्या भएको बताएका हुन् ।

laxmi

‘अहिले एउटा ब्रोकरले लगानीकर्ताबाट ८८ प्रतिशतसम्म नाफा कमाएका छन जुन कुरा महालेखाको प्रतिवेदनले पनि औंल्याएको छ,’ बैठकमा उनले भने, ‘सोही अनुरूप सहज रूपमा लगानीकर्तालाई सेवा सुबिधा दिन नियम र मापदण्ड भित्र रहेर ब्रोकर लाईसेन्स दिएका हौं ।’

अध्यक्ष हमालले ५० वटा ब्रोकरहरु राज्यले संरक्षण गरेको जस्तै भयो भनेर महालेखाको प्रतिवेदन मै उल्लेख भएको पनि उनले बताए । ५० ब्रोकरले औसतमा ७० प्रतिशत र टप टेनले ८८ प्रतिशतभन्दा कढी नाफा कमाएको उनले जानकारी दिए । साथै उनले गतिविधिभन्दा पनि क्षमताको आधारमा योग्यता पुगेका सबैलाई लाईसेन्स दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL