Logo

इन्डिगो र एयरबसबीच ५०० बिमान किन्न सम्झौता : ५० बिलियन डलर लागत, उड्डयन इतिहासकै कीर्तिमान

इन्डिगो र एयरबसबीच ५०० बिमान किन्न सम्झौता : ५० बिलियन डलर लागत, उड्डयन इतिहासकै कीर्तिमान



काठमाडौं । एयरलाइन कम्पनी इन्डिगोले उड्डयन इतिहासमा सबैभन्दा ठूलो संख्यामा एकैपटक विमान अर्डर गरेको छ । एयरबसले विमान खरिदका लागि एयरबससँग सम्झौता गरेको हो । जसमा इन्डिगोले एयरबसबाट ५०० विमान खरिद गर्नेछ ।

laxmi

भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले सोमबार ५०० एयरबस ए३२० विमानहरूको लागि रेकर्ड अर्डर गरेको जानकारी दिएको छ । इन्डिगोले आगामी दिनमा आफ्नो नेटवर्क थप विस्तार गर्न यो ठूलो अर्डर दिएको हो । एयर इन्डिया टाटा समूहमा गएपछि यो एयरलाइनले निकै प्रतिस्पर्धा सामना गरिरहेको छ ।

भारतीय उड्डयन बजारमा इन्डिगोको धेरै दबदबा छ । अप्रिल २०२३ को रेकर्ड अनुसार भारतीय उड्डयन बजारमा एयरलाइनको घरेलु बजार हिस्सा ५७.५ प्रतिशत थियो । एक विज्ञप्तिमा इन्डिगो एयरलाइन्सले यो अर्डरलाई एयरबसबाट एक एयरलाइन्सले एउटै विमानको सबैभन्दा ठूलो खरिद भएको बताएको छ ।

विमानको डेलिभरी सन् २०३० देखि २०३५ सम्म हुने एयरलाइन्सले जनाएको छ । ‘५०० विमानको यो अर्डर इन्डिगोको सबैभन्दा ठूलो अर्डर मात्र होइन, तर एयरबसबाट एयरलाइन्सको सबैभन्दा ठूलो एकल विमान अर्डर पनि हो,’ एयरलाइनले एक विज्ञप्तिमा भन्यो ।

मूल्यको बारेमा कुरा गर्दा, यो अर्डर ५० बिलियन डलरभन्दा बढीको छ । यद्यपि, वास्तविक रकम धेरै कम हुनेछ । किनभने, यति ठूलो अर्डरको साथ उसले राम्रो छुट पाउनेछ । यसअघि मार्चमा एयर इन्डियाले ४७० वटा विमानको अर्डर गरेको थियो ।

इन्टरग्लोब एभिएसन लिमिटेड अर्थात इन्डिगोको शेयर सोमबार ०.४१ प्रतिशत वा १० रुपैयाँले बढेर २४४० रुपैयाँमा बन्द भएको छ । यस स्टकको ५२ हप्ताको उच्च भाउ रु २ हजार ४८८ र ५२ साताको न्यून बिन्दु रु १५१३.३० रहेको छ । सोमबार कम्पनीको मार्केट क्याप ९४,०७३.४९ करोडमा बन्द भएको थियो । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL