काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी स्थानीयले रोकेका छन् । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीयले बञ्चरेडाँडामा फोहोर फाल्न रोकेका हुन् । उनीहरूले सोमबार बिहानैबाट सडक अवरोध गरेर बञ्चरेडाँडातर्फ गाडी प्रवेश रोकेका छन् । फोहोर र मानिसलाई सँगै राख्न नमिल्ने भन्दै आफूहरुले पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रनु…