Logo

कुमारी बैंकले गर्याे एमइएफसँग सवा अर्ब रुपैयाँ ऋण लिने सम्झौता, विपन्न वर्ग कर्जा बाँड्न प्रयोग गर्ने

कुमारी बैंकले गर्याे एमइएफसँग सवा अर्ब रुपैयाँ ऋण लिने सम्झौता, विपन्न वर्ग कर्जा बाँड्न प्रयोग गर्ने



काठमाडौं । कुमारी बैंकले विदेशी संस्था माइक्रोफाइनान्स एन्हान्समेन्ट फेसीलिटी (एमइएफ) सँग व्यावसायिक ऋण सम्झौता गरेको छ। बैंकले लक्जमबर्गको ग्रान्ड डचीको कानूनअन्तर्गत दर्ता भएको एमइएफसँग सवा अर्ब रुपैयाँ बराबरको व्यावसायिक ऋण लिने सम्झौता गरेको हो ।

laxmi

सम्झौताअनुसार कुमारी बैंकले एमइएफबाट एक करोड अमेरिकी डलर (एक अर्ब ३२ करोड रुपैयाँ) ऋण लिने छ। विपन्न वर्ग कर्जाको माग पूर्ति गर्नुका साथै महिला उद्यमीहरूसँग सम्बन्धित साना तथा मझौला उद्यमहरूलाई ऋण प्रदान गरी सशक्तिकरण गर्नकालागि यो कर्जा प्रयोग हुनेछ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL