Logo

जयनगर–बिजलपुरा रेल सेवा संचालन, कार्गाे रेल चलाउने तयारी

जयनगर–बिजलपुरा रेल सेवा संचालन, कार्गाे रेल चलाउने तयारी



काठमाडों । हालसम्म भारतको जयनगरदेखि नेपालको कुर्थासम्म संचालन भईरहेको रेलसेवा बिजलपुरासम्म पुगेको छ ।

laxmi

यसअघि २०७८ चैत २० मा धनुषाको कुर्थासम्म विस्तार गरिएको उक्त सेवा बिजलपुरासम्म रेलमार्ग विस्तार गरेपछि रेलसेवा पनि बिजलपुरासम्म पुगेको हो । कुर्थाबाट बिजलपुरासम्म निर्माण सम्पन्न रेल्वे ट्रयाक गएको जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेशनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो।

धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग बनेसँगै बिजलपुरासम्म आइतवारदेखि रेल सञ्चालनमा आएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झण्डा देखाएर शुरुवात गरेका हुन् ।
अब उक्त रेलमार्गमा कार्गाे रेल पनि चलाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL