Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य पनि समायोजन

पेट्रोलियम पदार्थको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य पनि समायोजन



काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आईतबार राती १२ बजेदेखि लागू हुनेगरी खाना पकाउने ग्याँस, पेट्रोल र डिजेलको मूल्य घटाएको हो । निगमका अनुसार अब खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १० रुपैयाँले घटेर १ हजार ७ सय ९० रुपैयाँ पुगेको छ । यसअघि खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँ थियो ।

laxmi

यस्तै निगमले पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएको छ भने डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ४ रुपैयाँले घटाएको छ । अब पेट्रोलको मूल्य अब काठमाडौं उपत्यकामा प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ । यस्तै अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १ सय ४६ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL