काठमाडौं । नेपाल सुन तस्करहरुका लागि अखाडाका रुपमा प्रयोग भइरहेको तथ्य भेटिएको छ । त्यसमा पनि नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुन तस्करहरुका लागि सहज माध्यमका रुपमा उपयोग भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले गरेको अध्ययनले पुष्टि गरेको छ । पछिल्लो ३ वर्षमा मात्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट २७ क्विन्टल अवैध सुन नेपाल भित्रिएको छ ।…