Logo

अमेरिकाले भिसा नदिएका सन्दीप विश्वकप खेल्न वेष्ट इण्डिज पुगे, दक्षिण अफ्रिका र बङ्गलादेशसँग खेल्ने

अमेरिकाले भिसा नदिएका सन्दीप विश्वकप खेल्न वेष्ट इण्डिज पुगे, दक्षिण अफ्रिका र बङ्गलादेशसँग खेल्ने



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जारी आईसीसी पुरुष टी–२० विश्वकपमा वेस्ट इण्डिजमा दुई खेल खेल्ने भएका छन् । क्यानका अनुसार लामिछाने दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्न सोमबार वेष्ट इण्डिज पुगेका हुन् ।

laxmi

नेपालले दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपाल वेष्ट इण्डिजतर्फ लाग्नेछ । वेष्ट इण्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्ने तालिका छ ।

क्यानले युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL