Logo

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, साधारण सभा आह्वान

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, साधारण सभा आह्वान



काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।

laxmi

कम्पनीले सभा आगामी असार २२ गते कम्पनीको बुटवलस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे डाकेको छ । सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने,सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको सेयरबाट कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्टाउने गरी प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, २०८० असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र विज्ञ सञ्चालको नियुक्तीको प्रस्ताव समेत पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL