Logo

वेष्ट इण्डिज पुगेका सन्दीपले भने : क्यानविरुद्धको ‘प्रपोगाण्डा’ मा नलाग्नु, सहयोगका लागि सबैलाई धन्यवाद

वेष्ट इण्डिज पुगेका सन्दीपले भने : क्यानविरुद्धको ‘प्रपोगाण्डा’ मा नलाग्नु, सहयोगका लागि सबैलाई धन्यवाद



काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको बताएका छन् । आइसिसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेश विरूद्धको खेलमा सहभागी हुन वेष्ट इण्डिज पुगेका उनले सबैलाई धन्यवाद समेत दिएका छन् ।

laxmi

आफ्नो यात्रा सहज बनाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दासलगायतलाई उनले धन्यवाद दिएका हुन् । उनले आफ्नो भिसासम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्न आग्रह गरेका छन् । विश्वकपका बाँकी दुई खेल खेल्न उनी वेष्ट इण्डिज पुगेको क्यानले जनाएको छ ।

यसअघि सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो । तर, अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सन्दीपले अमेरिकाका खेल गुमाउनु परेको थियो । नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल हारेको नेपालले श्रीलंकासँग आगामी बुधबार बिहान खेलेपछि वेष्ट इण्डिजको सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग जुन १४ र बंगलादेशसँग जुन १६ मा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL