काठमाडौं । “उद्यमशीलताको विकास, गरिवी निवारणको निकास” भन्ने मुल नाराकासाथ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । मुलुकभरबाट प्रतिनिधित्व हुनेगरी लघुवित्त कार्यक्रममा संलग्न झण्डै ६ सय महिला सदस्यहरु उपस्थिति सम्मेलनको समुद्घाटन प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरे । कार्यक्रम लघुवित्त क्षेत्रमा क्रियाशील लघुवित्त संस्थाहरुमध्ये अगुवा संस्थाहरुको आयोजना एवम् स्वावलम्बन विकास केन्द्रको संयोजनमा आयोजना भएको…