Logo

दावा बने आईएमई घर जाने हर्षका छैठौँ विजेता, जापान– नेपालको राउण्ड ट्रीप हवाई टिकट उपहार

दावा बने आईएमई घर जाने हर्षका छैठौँ विजेता, जापान– नेपालको राउण्ड ट्रीप हवाई टिकट उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ‘घर जाने हर्ष, नेपाल जाने टु–वे टिकट लिई आयो नयाँ वर्ष’ योजना अन्तर्गत छैठौँ हप्ताको विजेता दावा फिन्जो लामा घोषित भएका छन् । ट्रान्जेक्सन नं. ९०८०६२७६५११ मा क्योदाई जापानको केन्द्रीय कार्यालयबाट नेपाल पैसा पठाएका दावाले सफ्टवेयरमा आधारित लक्की ड्रबाट जापान– नेपालको राउण्ड ट्रीप हवाई टिकट प्राप्त गरेका हुन् ।

रेमिटेन्स कम्पनी आईएमई लिमिटेड र क्योदाई जापानको सहकार्यमा नयाँ वर्ष २०७३ को उपलक्ष्यमा यो योजना अप्रिल १ देखि जुन ३०, २०१६ सम्म गरी तीन महिनासम्मको लागि मात्र हो ।

त्यस्तै सोही योजनाको पाँचौं हप्ताका बिजेता जीत बहादुर थापालाई जापान–नेपालको राउण्ड टिकट प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This