काठमाडौं । प्रभु बैंकले काठमाडौंको मनमैजुमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमबीच तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले उक्त शाखा कार्यालयको उद्दघाटन गरे । प्रभु बैंक र साविक ग्राण्ड बैंक नेपाल विचको मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये खिचापोखरीस्थित प्रभुको शाखा कार्यालयलाई मनमैजुमा स्थानान्तरण गरिएको हो । मर्जरका क्रममा…