Logo

टाटा मोटर्स्को नयाँ शोरुम जनकपुरमा, मंगलबारदेखि सेवा शुरु

टाटा मोटर्स्को नयाँ शोरुम जनकपुरमा, मंगलबारदेखि सेवा शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्स्ले जनकपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

टाटा मोटर्स्को नेपालकालागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ  प्रालिको जनकपुरका लागि आधिकारिक वितरक गिरिजा अटोमोवाइल इन्टरप्राइजेजले शोरुम सञ्चालनमा ल्याएको हो ।

जनकपुरको मुजेलीयामा रहेको सो शोरुम ३८०० वर्गफिटको छ । जुन जनकपुरमै सवैभन्दा ठूलो हो ।

शोरुमको उद्घाटनको सन्दर्भमा टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयले नेपाल टाटा मोटर्सका लागि महत्वपूर्ण वजार रहेको छ र नयाँ शोरुमको सञ्चालन ग्राहकलाई किनाईको राम्रो अनुभूति दिलाउने दिशामा लिइएको प्रयत्न भएको बताए ।

टाटा मोटर्सले ग्राहकलाई केन्द्रिविन्दु मानेर सुविधा पु¥याउँदै आएको छ । नयाँ शोरुमको सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने प्रयत्नलाई उजागर गर्दछ । गिरिजा अटोमोवाइल र सिप्रदी ट्रेडिङ को नेतृत्वमा यो शोरुमले यस क्षेत्रमा विक्री, सेवा अनि ग्राहकको सन्तुष्टिमा नया आयम कायम गर्ने विश्वास गरेका छौं ।

सो अवसरमा सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले गिरिजा अटोमोवाईल र टाटा मोटर्ससँग सहकार्यलाई निरन्तरता दिन पाउँदा धेरै खुशी लागेको बताए ।

यो नयाँ वितरक नियुक्ति देशभर सञ्जाल विस्तार गरी ग्राहकको नजीक पुग्ने प्रयत्नकै परिणाम भएको समेत जानकारी दिए । सो शोरुममा जेष्ट, बोल्ट, स्टोर्मी, हेक्सा, टियागो र टिगोरलगायत डागी उपलब्ध हुने छ ।

गिरिजा अटोमोवाइल इन्टरप्राइजेजका प्रबन्धक निर्देशक गुड्डु जैनका अनुसार शोरुम हप्ताको सातै दिन विहान १० वजेदेखि वेलुकी ५ वजेसम्म खुल्नेछ । शोरुममा टाटा मोटर्सका सवै रेन्जका प्यासेन्जर गाडीहरु उपलब्ध हुनेछन् । नयाँ शोरुम थपिएपछि नेपालभरि टाटा मोटर्सका २० विक्री केन्द्र र २४ वटा सेवा केन्द्रहरु पुगेका छ ।

प्रतिक्रिया दिनुहोस्
MBL