काठमाडौैं । नेपाली ग्याँस बुलेटले अबदेखि भारतबाट ग्याँस ढुवानी गर्न पाउने भएका छन । नेपाल र भारतका उच्च अधिकारीबीच शुक्रबार भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्न पाउने भएका हुन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा…