Logo

बागमतीमा दुईपांग्रे सवारीसाधनको लट १०० नजिक पुग्यो, दैनिक ५०० मोटरसाईकल दर्ता

बागमतीमा दुईपांग्रे सवारीसाधनको लट १०० नजिक पुग्यो, दैनिक ५०० मोटरसाईकल दर्ता



काठमाडौं । बागमती अञ्चलमा दुई पाङ्ग्रे सवारीसाधनको लट नम्बर १ सय नजिक पुगेको छ । हाल दैनिक ४ देखि ५ सयको हाराहारीमा मोटरसाइकल तथा स्कुटर दर्ता भएको र आगामी हप्ता लट नम्बर १ सय पुग्ने यातायात कार्यालय गुर्जुधाराले जानकारी दिएको छ ।

‘यदि यहि हिसावले मोटरसाईकलको दर्ता हुने हो भने १ हप्ताभित्र १ सय लट पुग्नेछ’, कार्यालयका एक कर्मचारीले भने, ‘अघिपछि भन्दा चाडपर्वको बेला मोटरसाईकल तथा स्कुटर दर्ता उच्च भएको छ ।’

यातायात व्यवस्था विभागले भने मोटरसाईकलको लट ३ डिजिटको बनाउन लागि प्रक्रिया अघि बढाएको छ । विभागले वाईकको लट १ सय पुग्न लागेको भन्दै यातायात व्यबस्था नियमावलीलाई संसोधनको लागि मन्त्रालयमा प्रस्ताव गरिएको जानकारी दिएको छ ।

विभागको नियमावलीमा कुनै पनि सवारीसाधनको माथिल्लो लाईनमा २ डिजिटको नम्बर मात्र हुने व्यवस्था छ । सो व्यवस्थालाई संसोधन गर्नुपर्ने विभागले जानकारी दिएको छ । यातायात कार्यालय गुर्जुधाराका अनुसार हाल बाईकको लट नंवर ९९ दशमलव ५ अर्थात ९ लाख ९५ हजारभन्दा माथी भइसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL