Logo

डलर मूल्य वृद्धिको प्रभाव, रेमिटान्स आप्रवाहमा ३३ प्रतिशतको वृद्धि

डलर मूल्य वृद्धिको प्रभाव, रेमिटान्स आप्रवाहमा ३३ प्रतिशतको वृद्धि



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो महिनामा नेपाल भित्र्ने रेमिटान्स वृद्धिदर ३३ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको साउन महिनामा रेमिटान्स आप्रवाह ३३ दशमलव १ प्रतिशतले बढ्दै ७३ अर्ब ९५ करोड रुपैयाँ भित्रिएको छ । गत आबको सोही अबधिमा रेमिटान्स आप्रबाह वृद्धिदर ७ प्रतिशतमा सिमित रहँदै ५५ अर्ब ५५ करोड रुपैयाँ मात्र भित्रिएिको थियो ।

पछिल्लो समय अमेरिकी डलरमा भएको वृद्धिसँगै रेमिटान्स आप्रवाहमा उच्च रुपमा बढ्न पुगेको हो । सो अबधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११ दशमलव ८ प्रतिशतले बढेको थियो ।

नेपाल सरकारले ल्याएको झण्झटिलो नीति नियमका कारण पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आउँदा पनि डलर मूल्यमा भएको वृद्धिका कारण देशमा भित्रने रेमिटान्स आप्रवाह उच्च भएको हो ।

सो अबधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३३ दशलमव ५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११ दशमलव ८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL