काठमाडौं । नेपाल अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा ठाकुरप्रसाद न्यौपाने चयन भएका छन् । शनिबार सम्पन्न नेपाल अटो मेकानिक्स व्यवसायी संघको नवौं अधिवेशनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो । न्यौपाने यस अघि महासचिव पदमा कार्यरत थिए । सर्वसम्मतिका आधारमा चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्ष माधवबहादुर रिमाल, द्वितीय उपाध्यक्ष दिपेन्द्र बुढाथोकी, महासचिव सुशील ढकाल, सचिव सुमनप्रसाद…