Logo

लघुवित्तको व्याजदरमा प्रधानमन्त्रीको आपत्ती, भन्छन धेरै व्याजदर लगाए खारेज गरिनेछ

लघुवित्तको व्याजदरमा प्रधानमन्त्रीको आपत्ती, भन्छन धेरै व्याजदर लगाए खारेज गरिनेछ



काठमाडौं । विभिन्न लघुवित्त संघसंस्थाहरुले शहरी क्षेत्रमा पनि ऋणको व्याजदर उच्च लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलिले आपत्ति जनाएका छन ।

उनले लघुवित्त तथा संघसंस्थाहरुले ऋण दिँदा शहरी क्षेत्रका मानीसहरुलाई सस्तो दरमा दिएपनि गाउँका मानिसहरुलाई महंगो व्याजदरमा ऋण दिने गरेको बताएका हुन ।

‘यसरी ऋण दिँदा लघुवित्तलाई चक्रपथभित्र, शहरी क्षेत्रमा, बाटोघाटो पुगको ठाउँमा पनि १८ प्रतिशत र विकट गाउँका मानिसहरुलाई पनि १८ प्रतिशत ब्याज लिन पाईनेछैन ।’, उनले भने, ‘अव यसरी ऋण लिएमा सरकारलाई मान्य हुनेछैन ।’ उनले शनिबार आयोजित दोस्रो राष्ट्रिय लधुवित्त सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै यसरी विकसित क्षेत्रमा पनि धेरै ब्याजदरमा ऋण दिने लघुवित्तलाई खारेज गर्न सक्ने जानकारी दिएका छन ।

यस्तै उनले आफुले लघुवित्तमा लगानीकर्ताका उल्लेख्य आकर्षण रहेको र बेलाबेलामा लगानीकर्ताले विभिन्न माग राखेको भन्दै उनिहरुको मागलाई भन्दा पनि लक्षित बर्ग अर्थात गरिव जनतालाई प्राथमिकतामा राख्ने गरेको जानकारी दिएका छन । उनले विभिन्न लघुवित्तलाई क्षमताभन्दा बढी ऋण नलिन पनि आग्रह गरेका छन ।

नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणी शिवाकोटीको भनाईलाई उद्धृत गर्दै धेरै ऋण लिए तिर्न गाह्रो पर्ने बताउँदै धेरै ऋण नलिन आग्रह गरेका छन । यस्तै सोही कार्यक्रममा बोल्दै राष्ट्र बैंकका कामु गभर्नर शिवाकोटीले हाल लघुवित्तहरुको धेरै नै दर्ता हुने गरेकाले यसको दर्तामा रोक लगाइएको जानकारी दिएका छन ।

साथै उनले हाल नेपालभर ६८ ओटा लघुवित्त रहेको भन्दै यस्ता स साना लघुवित्तलाई मर्जर वा एक्विजिसनमा लैजाने प्रकृया थाल्ने जानकारी दिएका छन ।

उनले हाल लघुवित्तहरुले १ खर्ब ४९ अर्ब बराबरको कर्जा प्रवाह गरेको बताउँदै खराव कर्जा भने जम्मा ० दशमलव ९४ प्रतिशत मात्रै रहेको जानकारी दिए ।

सम्मेलन २ दिनसम्म चल्ने र सम्मेलनमा कर्जा प्रवाह र ऋण व्यवस्थापनको बारेमा सेसनहरु हुने सम्मेलनका अध्यक्ष संकरमान श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL