काठमाडौं । बुधबार काठमाडौंमा एक भारतीय नागरिकको हत्या भएको छ । काठमाडौंको गौशालास्थित आमदब्लम होटलमा भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो । महानगरीय प्रहरी परिसरका अनुसार उनको मध्यराती हत्या भएको थियो । होटलका कर्मचारी र भारतीय नागरिकबीचको विवाद बढ्दै जाँदा गुरुङको हत्या भएको हो । प्रहरीले हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ ।…