काठमाडौं । अब मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीले मासिक ५ हजार भत्ता पाउने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन भन्दै ५ हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए । अहिले सरकारले क्यान्सर,…