काठमाडौं । लामो समय देखी ग्राउण्डेड रहेको सौर्य एयरले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बक्यौता बापतको रकम बुझाएको छ । मंगलबार दिउँसो बक्यौता रकमको पहिलो किस्ता बापत ५० लाख रुपैयाँ बुझाएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन । विमानस्थलले पार्किङ, सेवा शुल्क लगायतको बक्यौता रकम नबुझाएको भन्दै करिब ४ महिना अगाडी जहाज ग्राउण्डेड गरेको थियो ।…