Logo

नेपाल चेम्बर अफ कमर्स र इन्डो–लेटिन अमेरिकन चेम्बरबीच सम्झौता, लगानी भित्र्याउन पहल गर्ने

नेपाल चेम्बर अफ कमर्स र इन्डो–लेटिन अमेरिकन चेम्बरबीच सम्झौता, लगानी भित्र्याउन पहल गर्ने



काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इन्डो–लेटिन अमेरिकन चेम्बर अफ कमर्सबीच सम्झौता भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र इन्डो–लेटिन अमेरिकन चेम्बरका अध्यक्ष राज कुमार शर्माले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले लेटिन अमेरिकी मुलुक र त्यहाँका व्यापारिक संघ–संस्थाहरुसँग बलियो सम्बन्ध भएको इन्डो–लेटिन अमेरिकन चेम्बरसँगको सम्बन्धबाट नेपाल चेम्बर अफ कमर्सको सम्बन्ध सिधै लेटिन अमेरिका सम्म पुग्ने बताएका छन । उक्त सम्झौताले नेपाली ब्यापारिक संघ–संस्थालगयतले समेत लाभ लिन सक्ने अध्यक्ष श्रेष्ठको भनाई रहेकको छ ।

दुई देशका चेम्बरबीचको सम्झौताले नेपालले आफ्नो संस्थामार्फत व्यापारिक फाइदा मात्र नभई सामाजिक र सांस्कृतिक रुपमा समेत जोडिएर लेटिन अमेरिकी मुलुकमा नेपालको संस्कृतिको समेत प्रबर्दन हुने इन्डो–लेटिन अमेरिकन चेम्बरका अध्यक्ष शर्माले जानकारी दिएका छन ।

हालसम्म नेपाल चेम्बर अफ कमर्सले अन्य देशका ६७ वटा बिभिन्न अन्तरराष्ट्रिय चेम्बर अफ कमर्ससंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

इन्डो–लेटिन अमेरिकन चेम्बर अफ कमर्ससँगको सम्बन्ध मार्फत लेटिन अमेरिकी मुलुकहरुबाट नेपालमा लगानी भित्र्याउन पहल गर्ने, नेपालको व्यापारलाई ति मुलुकहरुसम्म बिस्तार गर्ने, दुइ–पक्षिय तथा बहु–पक्षीय ब्यापार तथा लगानीसँग सम्बन्धित साझा स्वार्थहरुको प्रबद्र्धन गर्ने लगायतका बुँदाहरु रहेको समेत चेम्बरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This