Logo

असुरक्षित बन्दै प्याराग्लाईडिङ, पोखरामा अर्को दुर्घटनामा रसियन नागरिकको मृत्यु

असुरक्षित बन्दै प्याराग्लाईडिङ, पोखरामा अर्को दुर्घटनामा रसियन नागरिकको मृत्यु



काठमाडौं । पोखरामा आज भएको प्याराग्लाइडिङ दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ । गतहप्ता मात्र प्याराग्लाईडिङ दुर्घटनामा एक जनाले ज्यान गएकोमा आज पुनः अर्को दुर्घटनामा विदेशी नागरिकले ज्यान गुमाएका हुन् ।

पछिल्लो समय पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुने क्रम उच्चप रुपमा बढेको छ । आज भएको दुर्घटनामा रसियन नागरिकको मृत्यु भएको हो । सारङकोटबाट उडान भर्ने वित्तिकै प्याराग्लाईडिङ दुर्घटना भएको समाचार स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्