काठमाडौं । संसदीय सुनुवाई समितिले विभिन्न ४ वटा संवैधानिक आयोगमा सिफारिस भएका अध्यक्षहरुको नाम अनुमोदन गरेको छ । समितिको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्बाट सिफारिस भएर आएका ४ जनाको नाम अनुमोदन गरेको हो ।
आज भएको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त र थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरीको नाम अनुमोदन गरेको समितिले जानकारी दिएको छ ।
संबैधानिक परिषद्ले आयोगका पदाधिकारीको नाम सिफारिस गरेकोप्रति असहमति जनाउँदै नेपाली काङ्ग्रेसका तर्फबाट समितिमा रहेका सांसदहरुको भने बैठकमा उपस्थिती रहेको थिएन ।