काठमाडौं । एनआईसी एशिया बैंक र भेनस अस्पतालबीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका सरोकारवालाहरुलाई बिशेष छुट दिनेगरी अस्पतालसँग उक्त सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गरिने भएको छ…