Logo

कल डिपोजिटमा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको कसी, तोकियो सीमा

कल डिपोजिटमा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको कसी, तोकियो सीमा



काठमाडौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल डिपोजिटमा कसी लगाएको छ ।

राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले लिने कुल निक्षेप दायित्वमा कल निक्षेपको अंशको सीमा तोकेको हो ।

निर्देशन अनुसार ‘क’ वर्गका वाणिज्य बैंकले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १० प्रतिशत र ‘ख’ तथा ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायीत्वको १५ प्रतिशतभन्दा बढी कायम गर्न पाइने छैन ।

यसअघि यस्तो सीमा तोकिएको थिएन भने कतिपय बैंकहरुले कुल निक्षेप दायित्वको ३० प्रतिशतसम्म कल निक्षेप स्वीकार गर्दै आएका थिए ।

तर, राष्ट्र बैंकले यो परिपत्र जारी हुँदाका बखत तोकिएको सीमाभन्दा बढी प्रतिशत कल निक्षेप भएका बैंक तथा वित्तीय संस्थाहरुले २०७७ असार मसान्तसम्ममा यो सीमाभित्र ल्याइसक्नुपर्ने व्यवस्था गरेको छ ।

साथै बैंक तथा वित्तीय संस्थाहरुमा तोकिएको सीमाभन्दा बढी कायम रहेको कल निक्षेपको अंशभन्दा बढी हुने गरी थप कल निक्षेप स्वीकार गर्न समेत राष्ट्रबैंकले रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL