Logo

एनआईसी एशिया र भेनस अस्पतालबीच सम्झौता, अस्पतालको सेवामा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया र भेनस अस्पतालबीच सम्झौता, अस्पतालको सेवामा १५ प्रतिशतसम्म छुट



काठमाडौं । एनआईसी एशिया बैंक र भेनस अस्पतालबीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका सरोकारवालाहरुलाई बिशेष छुट दिनेगरी अस्पतालसँग उक्त सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गरिने भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL